नेपाल सरकार गृह मन्त्रालयबाट जारी गरिएको गृह प्रशासन सुधार कार्ययाेजना २०७४ तथा समय समयमा प्राप्त अन्य निर्देशन, प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट जारी निर्देशनका साथै जिल्लाकाे समग्र वस्तुस्थितीका आधारमा ''जिल्ला प्रशासन सुधार कार्ययाेजना जुम्ला २०७५'' जारी गरिएको छ । कार्ययाेजना तयारीकाे क्रममा कार्ययोजना सम्बद्ध व्यक्ति,पदाधिकारी तथा निकायहरु (कर्मचारी/आधिकारीक ट्रेड युनियन,विषयगत कार्यालयहरु,स्थानीय तहका जनप्रतिनिधिहरु,नागिरक समाज, राजनैतिक दल लगायत) काे राय सुझाव समेत समावेश गरीएकाे छ । कार्ययाेजनाकाे प्रभावकारी कार्यान्वयनबाट जुम्ला जिल्लाकाे समग्र सार्वजानिक प्रशासन स्वच्छ,सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्टाचार रहित तथा जनउत्तरदायी भइ सुशासन कायम हुने तथा समग्र विकास र सम्वृद्विमा सहयोगी हुने अपेक्षा गरिएको छ । कार्ययाेजना बमोजिमका क्रियाकलापहरु कार्यान्वयनका लागि जिल्ला प्रशासन कार्यालय जुम्ला सम्वद्ध पक्षहरुसग अनुरोध गर्दछ ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, जुम्ला
Powered By: ProActive Developers