Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, जुम्ला

खलङ्गा बजार

नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, जुम्ला

खलङ्गा बजार

"सवारी दुर्घटना सम्बन्धमा"

11 महिना अगाडी

2076-05-17


कनकासुन्दरी गाउँपालिका, रोकाबाडामा भे १ ज ७९६ नम्बरको बसले ठक्कर दिदा मुगु जिल्ला सोरू गाउँपालिका वडा नं. २ निवासी वर्ष १९ का लोक जंग शाही घाइते भएको भन्ने खबर मुगुबाट दान बहादुर बुढाले मिति २०७६ भाद्र १६ गते राति ११:३० बजे प्रमुख जिल्ला अधिकारी, जुम्लालाई खबर गरेपछि, जिल्ला प्रहरी कार्यालय, जुम्ला मातहतका सुरक्षा सम्यन्त्र मार्फत घाइतेलाई उपचारको लागि राति नै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको र भाद्र १७ गते बिहान २:१० बजे उपचारको क्रममा निजको निधन भएको दुखद खबर प्राप्त भएको छ ।

उक्त सवारी साधन र सवारी चालक जिल्ला प्रहरी कार्यालय, जुम्लाको नियन्त्रणमा रहेको छ ।