Turn on Accessibility Mode
Skip to main content Skip to main navigation Skip to website search Skip to website search
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Jumla

Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Jumla

Saturday, Ashadh 06, 2083

Accessibility Menu

भाषा (Website Language)

हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language

नेपाली भाषामा परिवर्तन गर्नुहोस्

Font Size

Color Mode/Filter

Protanopia (for red-weakness), Deuteranopia (for green-weakness), Tritanopia (for blue-weakness). Learn more

Bandwidth

On low bandwidth mode, images and files will not load making website faster and consumes less data Low Bandwidth

Other Tools

Dedicated accessibility mode focuses on the content than on appearance, menu flatens, sliders unfold

Introduction of District

जिल्लाको परिचय

 १.जिल्लाको भौगोलिक अवस्था

२८°५८' देखि २९°३०' उत्तरी अक्षांश, ८१°५१' देखि ८२°१८' पूर्वी देशान्तरसम्म २५३१ वर्ग कि.मी. क्षेत्रफलमा  फैलिएको कर्णाली प्रदेश मा पर्ने पाँच दुर्गम हिमाली जिल्लाहरु मध्ये जुम्ला एक जिल्ला हो । भौगोलिक रुपमा दुर्गम भए तापनि इतिहासमा जुम्ला जिल्लाको महत्वपुर्ण पहिचान  रहेको छ । नेपाल राज्यको एकिकरण हुनु पूर्व वाइसे राज्यहरुको मुख्य केन्द्रको रुपमा रहेको जुम्ला नेपाली भाषा र स‌स्कृतिको उदगम स्थल पनि मानिन्छ । मध्यकालिन युगमा जुम्ला एक समृद्ध एवं शक्तिशाली राज्यको रुपमा रहेको तथ्य प्रष्ट हुन्छ ।

यस जिल्लाको सदरमुकाम रहेको खलंगामा सबभन्दा पहिले प्राचिनकालमा भारतबाट आएको चन्दननाथ बाबा सहित दुईजना ब्रम्हाचारीहरुले वस्ती बसाई कृषि र शिक्षाको प्रचार प्रसार गरेका थिए भन्ने लोकोक्ति रहेको पाइन्छ । उत्तर र पूर्वबाट दुईवटा नागरुपी जुम्लाहा डाँडाहरु  तिला र जवा दुई जुम्लाहा नदीको संगम भएकोले यस जिल्लाको नाम जुम्ला रहन गएको किम्वदन्ती छ । यातायात, संचार र आधुनिकिकरणको दृष्टिकोणले विकट र दुर्गम भए तापनि अति सुन्दर चम्किलो हिमाली चुचुराहरु, तालहरु र मनमोहक अनगिन्ती प्राकृतिक नदिहरुले सिंगारिएको जुम्ला प्राकृतिक सम्पदा र संस्कृतिको धनी जिल्ला मान्न सकिन्छ ।  यस जिल्लाको पूर्वमा डोल्पा, पश्चिम कालिकोट, उत्तर मुगु र दक्षिण जाजरकोटसंग सीमाना जोडिएको छ  । यस जिल्लालाई राजनैतीक रुपमा निर्वाचन क्षेत्र १ न.पा.१, गा.वि.स. २६ र ९ वटा ईलाकाहरुमा विभाजन गरिएको छ ।  

निर्वाचन क्षेत्र नं

इलाका नं

ईलाका पर्ने न.पा. तथा गा.पा‍ हरु

!

 

चन्दननाथ न.पा

पातारासी गा‍ पा 

गुठीचाैर गा‍ पा 

ताताेपानी गा पा 

तिला गा पा 

हिमा गा पा 

सिँजा गा‍ पा 

कनकासुन्दरी गा पा 

 

 

 

जनसंख्यिक विवरण:

राष्ट्रिय जनगणना २०६८ अनुसार  यस जिल्लाको जनसंख्या १,०८९२१ पुगेको छ ।  यहाँ १४६९१ (१४%) जना ५ बर्ष मुनिका बालबालिका, १३२०८ (१२ %) जना किशोरी १०–१९) वर्ष उमेरका २५७५७ (२४%) जना प्रजनन उमेरका महिला (१५–४९) वर्ष उमेरका रहेका छन् । आर्थिक रुपमा सक्रीय जनसंख्या (१५–४९) ५७८१४ (५३ % )  र ६०१८ (५.५%) जना बृद्ध बृद्धा  (६० वर्ष सो भन्दा बढि ) रहेका छन । नेपाल मानव विकास प्रतिवेदन २०१४ अनुसार जुम्ला जिल्ला मानव सूचाङ्कमा ०.४०९ अंकका साथ  ७५ जिल्ला मध्ये ६२ औ स्थानमा रहेका छ । यहाँको मानिसको औसत आयु ६३ वर्ष र साक्षरता ४४ % साथै प्रतिव्यक्ति आम्दानी बार्षिक अमेरीकी डलर १००७ रहेको छ ।

प्रमुख अन्नवालीहरु :

जुम्ला जिल्लाको प्रमुख अन्नवालीहरुमा मकै, कोदो, जौ, विश्वको उच्च स्थानमा फल्ने धान, गहुँ, कागुनो, चिनो, फापर, उवा हुन भने फलफूलमा स्याउ, ओखर, खुर्पानी, आरु, आरुबखडा पर्दछन् । सिमि, भट्मास, आलु, गाजर, केराउ, केशर , गुच्चे च्याउ, मौरी पालन, भेडा बाख्रा पालन व्यवसाय नगद आय आर्जनका उत्कृष्ट वाली हुन् । त्यसैगरी कम तौल र वढी मुल्य भएका तरकारी बीउ उत्पादन खासगरी काउली, मुला, रायो, गाजर, स्वीसचार्ड यस जिल्लाका राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतिस्पर्धि एवं तुलनात्मक लाभका बालीहरु हुन्  .

जिल्लाका प्रमुख नदी र ताल तलैयाहरू

तिला, हिमा, जुवा नदीहरू हुन् भने विष्णु ताल, हुड्के ताल, जोगीनी ताल, शङ्ख दह, ठाकुरज्यू दह, गिडी दह आदि प्रमुख ताल र दहहरू हुन् । जसमा

हिमा नदी

कान्जिरोवा हिमालको फेदीबाट सुरु भइ समग्र सिंजा क्षेत्र हुँदै दक्षिणतिर बग्ने एक प्रमुख नदी हो । यस नदीले सिंजा क्षेत्रमा रहेको अधिकांश जमिन सिंचित गरेको छ । सिंचाई, खानेपानी तथा बिधुत उत्पादनको दृष्टिकोणले  महत्वपूर्ण  मानिने यो नदी सिंजा सभ्यताको विकासको मुलभूत पक्ष मानिन्छ ।

 

तिला नदी

 

नेपालका प्रमुख नदि मध्ये प्रमुख नदिको रुपमा रहेको एक नदि हो । उक्त कर्णाली नदिको सहायक नदि मध्ये पर्ने तिला नदि पनि एक हो । उक्त तिला नदि विभिन्न सहायक खोलाहरु साना तिला खोलाहरु सिमाना भएको पाइन्छ  । यस नदिको दाँयावाया रहेको जमिन बढी उर्वरा भएकाले प्राचीन कालदेखि  नै यसको आसपासमा धेरै वस्तीहरु रहेका छन् । सिचाइ, घट्टहरु चलाउन  र पिउन समेत यस नदीको अत्याधिक प्रयोग भएको छ । जुम्ला जिल्लाको विकासमा नदिको महत्व उल्लेखनिय रहेको पाईन्छ । यस क्षेत्रमा हिउँ पग्लेर बगेका साना खोला,छहरा, तालहरु रहेका छन् ।

 

जुवा नदी  

 

जुम्ला जिल्लाको पातारासी गा.वि.स स्थित  कान्जिरोवा हिमालवाट बग्दै छुमचौर, पातारासी, डिल्लीचौर, पटमारा हुदै च.ना. न.पा.लाई सिंचित गर्दै दान सागु त्रिवेणीमा तीला नदीसंग मिसिएको छ । सो नदीको नाम जवा नदी हो ।

प्रमुख धार्मिक तथा पर्यटकीय स्थलहरू

श्री चन्दननाथ मन्दिर, श्री भैरवनाथ मन्दिर, श्री दरवारमालिका मन्दिर, श्री कनकासुन्दरी मन्दिर, श्री चिमरा मालिका भगवती मन्दिर, श्री शिव मन्दिर, श्री ठाकुरज्यू मन्दिर, भण्डार वन, सिस्ने हिमाल, पातारासी हिमाल, रारा राष्ट्रिय निकुञ्ज, सिंजाक्षेत्र, विराट दरबार,  तातोपानी, गोठिचौर, बागबानि स्याउ तथा तरकारी फार्म, कर्णाली प्राबिधिक शिक्षालय क्षेत्र , हुड्के दह र पाण्डव गुफा यस जिल्लामा रहेका धार्मिक ऐतिहासिक तथा पर्यटकीय स्थलहरू हुन्।

चन्दननाथ मन्दिर :

चन्दननाथ मन्दिर जुम्ला जिल्लाको सदरमुकाममा जिल्ला प्रशासन कार्यालयको अगाडी रहेको छ । बर्मा विष्णु र शिव स्वरुपधारी श्री दत्रात्रेयको चरण पादुका र चाँदीको त्रिमुखी मुर्ति भएको चन्दननाथ बाबाको मन्दिर प्रसिद रुपमा रहेको छ । यसको इतिहसिक धार्मिक महत्व रहेको छ । यस मन्दिरमा नृत्य पुजा आजा दिनप्रतिदिन मुल पुजारीको हातबाट हुन्छ । चन्दननाथ बाबाको मन्दिर परिसरमा प्रत्येक वर्षको घटस्थापनाका दिनमा बाउन्न हाते लिङ्गा खडा गरिन्छ । गुरु दत्रात्रेय र भैरवको स्थापना सत्य युग देखि नै भएको मानिन्छ । स्थानीय भौगोलिकता भू भू भौतिक अवस्था र विद्धान र ऐतिहासिक मान्यता आदिलाई आधार मान्दा श्री चन्दननाथ बाबाद्वारा छिनासिम भित्र डुबेर रहेको दत्रा पादुका पहिचान गर्ने त्यसको संस्थापन नित्य एवं पुजाको व्यवस्थापन र जुम्लामा धान खेतीको प्रचलन आदि महत्वपूर्ण क्रियाकलापहरु विक्रमको चौथो देखि पन्ध्रौं शताब्दीको बिचमा भएको अनुमान गरिएको छ । यस चन्दननाथ मन्दिरको व्यवस्थापनको लागि व्यवस्थापन समिति गुठि संस्थानले नियुक्ति गर्दछ । यस मन्दिरको संचालनको लागि प्रयाप्त मात्रामा जग्गा रहेको छ ।

विराट दरवार :

२४ सय राज्यकाल अर्थात द्धापर युगको समयमा हाल जुल्ला जिल्लाको सिंजा क्षेत्रमा अवस्थित विराट गा.वि.स को उत्तर पश्चिम शिरको डाँडोमा विराट राजाको दरवार रहेको किम्वदन्ति छ । सोही दरवारको दक्षिण पश्चिममा पाण्डवगुफा अवस्थित रहेको छ । पाण्डव कौरव युद्धको समयमा कौरव पक्षवाट लखेटिएका पाँच भाई पाण्डव सहित पत्नी द्रौपति समेत गुप्तवासको शिलसिलामा विराट राजाको दरवारमा एक वर्ष सम्म विभिन्न रुपधारण गरी वसेको किम्वदन्ति छ ।  उक्त समयमा पाण्डव  तथा विराट राजाले प्रयोग गर्ने विभिन्न पुरातात्विक महत्वका सामाग्रीहरु फेला पर्ने गरेको पाईन्छ । हाल उक्त ऐतिहासिक क्षेत्रको जिर्णदारको अभावले विराट दरवारको भग्नावशेष मात्र बाँकी रहेको  छ ।

भैरवनाथ

      ब्रम्हा, विष्णु र शिव स्वरुप धारी श्री दत्तात्रेयको सहयोगी तान्त्रिक देवताका रुपमा प्रतिष्ठीत श्री भैरवनाथ बटुको कोखवाट प्रकट भएको हुनाले वटुक भैरवनाथ भनिएको हो । जुम्लामा दत्तात्रेय  र भैरवको स्थापनाको सयम निर्धारण सम्वन्धमा त्यस्तो भरपर्दो समाग्री पाउन सकिएको छैन ।

 

चिमरामालिका

 

चिमारामालिका जुम्ला जिल्लाको गज्याँकोट र डिल्लीचौर गा.वि.स को सिमा क्षेत्रमा अवस्थित चिमारा मालिका भगवतीको मन्दिर ढुङगैढुङगा द्धारा निर्मित गरिएको छ । उक्त मन्दिर मालिका चतुर्दशिका दिन जुम्ला वासीहरु सवै भेला भई पुजाआज गर्छन । उक्त मन्दिरमा पुजारी परम्पराकालदेखि खल्लालवाडाका न्यौपाने परिवार रहेका छन् । चिराममालिका धार्मिक पर्यटकिय दृष्टिकोणले रमणीय छ । मालिका चतुर्दशिका दिनमा भगवतीको लिङगा खडा गरिन्छ । धार्मिक र पर्यटकीय महत्व बोकेको एतिहासिक क्षेत्र जुन तिला र जुवा नदीको बिचमा चुलिएको छ जँहाबाट जुम्ला जिल्ला तथा विभिन्न छिमेकि जिल्लाको दृश्यावलोकन समेत गर्न सकिन्छ ।

 

कनकासुन्दरी

 

जुम्ला जिल्ला स्थित कनकासुन्दरी गा.वि.समा अवस्थित उक्त कनकासुन्दरी मन्दिर  धार्मिक तथा पर्यटकिय स्थलको रुपमा प्रख्यात रहेका छ । विगत चौबिसे राज्यसमयमा उक्त मन्दिरमा ४ वटा ढुङगामा कुदिएको शिवबाघ आकाशवाट उक्त स्थानमा सिधै खसी आएको किम्वदन्तीका साथै उक्त मन्दिरको मुर्ति ढुङगामा कुदिएका छ । वडिमालिका भगवतिको पुजाआजा गरी आइसके उक्त मन्दिरमा जुम्ला जिल्लाबाट टोलीहरु फर्की  त्रीयादसिका दिन बोका बलि चडाई पुजा आजा गर्ने परमपरा समेत रहेको जनविश्वास रहेको पाईन्छ ।

 

ठाकुर ज्यू

 

भगवान शिव, पार्वती र गंगाका जेष्ठ पुत्र कुमार कार्तिके नेपाल भूमिमा धुमफिरको दौडानमा आउदा जुम्ला जिल्ला स्थित कार्तिक स्वामी गा.वि.स ४ का गैरागाउँ भन्ने गाउँ वास वस्न पुगी तत् पश्चात उनले हिडिरहेका क्रममा एक जना सुस्त मनोस्थितिको गोठालालाई भेटि निज व्यक्तिसंग भलाकुसरी गरी लेकतिर प्रस्थान गरे सोही समयमा जुल्ला जिल्ला र जाजरकोट जिल्लाको सिमा क्षेत्रमा अवस्थित कार्तिक कुमारद्वारा पुश चौपायको वर माग्दा सोही अनुसारको वर मिल्छ  भन्ने जनविश्वास रहेको छ / हुड्के दह विष्ट ज्यू दह शंक दह लगाएतका पुर्ण मनोरम दृश्य तथा विभिन्न किसिमका ताल रहेका छन् उक्त क्षेत्रको भर्मण गर्दा सोचेको इच्छाएको कुरा पुरा हुन्छ भन्ने जनविश्वास रहदै आएको पाईन्छ  साथै पर्यटकिय हिसावमा पनि विश्वमा प्रख्यात रहने देखिन्छ यस मन्दिरमा गएर सन्तान, विद्या जग्गा जमिन धन सम्पति तथा ठाकुर ज्यू मान्दिर  ढुङगाद्धारा निर्माण गरिएको छ सो मन्दिरको छेउमा ताल रहेको साथै मन्दिर उत्तरपूर्व स्थित उक्त स्थानको धार्मिक तथा पर्यटकिय विविधता रहेको पाईन्छ ।

 

व्यापारिक महत्वका स्थानहरू

यस जिल्लाको मुख्य व्यापारिक केन्द्र जुम्ला-खलङ्गा बजार हो  भने अन्य केही साना व्यापारिक । केन्द्रहरू यसप्रकार छन् :- तलिउम, तातोपानी, नाग्मा, नराकोट, हाटिसंजा, उर्थु चौतारा, डिल्लीचौर, चौथा, मणिसांघु पर्दछन । खलङ्गा बजार कर्णाली अञ्चलको सदरमुकाम हुनुका साथै जुम्ला जिल्लाको पनि सदरमुकाम तथा यस क्षेत्रको शिक्षा, स्वास्थ्य तथा व्यापारिक केन्द्र पनि हो।

सिजा क्षेत्र

नेपाली भाषाको उद्गम स्थल सिंजा क्षेत्र हो । उक्त क्षेत्रमा जिल्ला सदरमुकाम देखि १९ कोष टाढा रहेको छ । ऐतिहासिक, पर्यटकिय, धार्मिक, सांस्कृतिक विविधताहरुले झल्काउने विशेषता रहेको छ । कान्जिरोवा हिमालको फेदवाट हिमालको नदि अविरल रुपमा वग्दै आएको पाईन्छ । विभिन्न जुम्ला जिल्लाका खस भाषाका उद्गम स्थलको साथै ऐतिहासिक भाषिक र पम्परागत मूल्य मान्यतालाई समेत उक्त क्षेत्रको ऐतिहासिक महत्व राखेको  पाईन्छ । वाईसे चौविसे राज्यकालमा सिंजा क्षेत्र एक वृहत क्षेत्र ओगटेको शक्तिशाली राज्य थियो । आर्थिक सामाजिक तथा सांस्कृतिक रुपमा सक्षम यस क्षेत्रको छिमेकी राष्ट्रसंगको कुटनीतिक सम्वन्ध प्रघाट रहेको तथ्य पाईन्छ ।

नाग्मा

जुम्ला र कालिकोटको सिमानामा अवस्थित नागबेली परेको डाँडा फेदमा रहेको भु भागलाई नाम्म भनिन्छ । उक्त स्थानमा सिजावाट आएको हिमा नदि र जवा तिलाको संगम स्थलको रुपमा परीचित छ । नाग्मा क्षेत्रवाट नाग्म गमगडी सड्क खण्ड निमार्ण भएकाले सिजाका नौ गा.वि.स र मुगुमा आवागमनको लागि सुविधा भएको छ ।

नराकोट

सिँजा क्षेत्रका नौ गा.वि.स को केन्द्र विन्दुमा पर्ने नराकोट पर्यटकिय दुष्टिकोणले महत्वपूर्ण र रमणीय छ । उक्त स्थानमा सरकारी ईलाका स्तरका कार्यालयहरु रहेका छन् ।

 

हाटसिँजा

जुम्ला जिल्लाको कनकासुन्दरी गा.वि.स अवस्थित क्षेत्रलाई हाटसिँजा भनिन्छ । चौविसे राज्यकालमा मुगुवाट भोटेहरुले लिउपाखी भेडा च्याङ्गा ल्याई व्यापार व्यवसाय गर्ने हुनाले उक्त क्षेत्रलाई हाटसिँजाको नामले चिनिन्छ ।

उर्थुचौराता

चौधविस दराको पटमारा गा.वि.स मा अवस्थित चौराह परेको स्थानलाई उर्थु चौतारा भनिन्छ । उर्थुचौतारा पटमारा गा.वि.स को व्यापार व्यवसाय गर्ने बजारको रुपमा चिनिन्छ । ६ भाई आरसिन चौधाविस पटमारा गा.वि.स उर्थु रिनी वाता घोडासिन वस्ती रहेका छन् ।

गोठीचौर

गोठीचौर रमणीय एवं पर्यटकिय हिसावले प्रख्यात छ । गुठीचौरमा ठुलाठुला चरनका फाटहरु र गोठालाहरुले गोठ वनाई पशुवस्तु पाल्ने हुँदा उक्त क्षेत्रको नाम गोठीचौर रहन गएको हो । गोठीचौरमा २०२८ सालमा भेडा तथा बाख्रा अनुसन्धान परिषद स्थापना भई उन्नत जातका भेडाहरु न्यूजील्याण्डवाट ल्याई यसको विकास गरी भेडी फार्मको स्थापना तथा  उन प्रशोधन समेत गर्ने गरिएको छ ।

मणिसाँगु

चोत्रा खोला हुदै र नालापानी खोला हुर्दै मिसिएको स्थान मणिसाँगु हो । उक्त क्षेत्रमा शिक्षा, स्वस्थ्य, पशु, प्रहरी चौकी तथा गा.वि.स भवन रहेका छन् । मणिसाँगुको पूर्वतर्फ गडिगाउँ वस्ती पश्चिम तिर डिल्लीकोट वस्ती उत्तर पुर्वमा चोत्र वस्ती उत्तर पश्चिम तिर मणिगाउँ वस्ती रहेका छन् । पर्यटकिय हिसावले महत्वपूर्ण स्थान मानिन्छ साथै जुम्ला डोल्पा सडक खण्डमा पर्ने महत्वपूर्ण बजार तथा बास बस्ने स्थान पनि हो ।

डिल्लीचौर

ठुला ठुला फाँट र खेती योग्य जमिन रहेको स्थानलाई डिल्लीचौर भनिन्छ । डिल्लीचौर गा.वि.स मा तिर्खु वस्ती डोल्फानी, लाग्री वस्ती लुम वस्ती लोर्पा वस्ती रहेको छन् । यहाँ प्रमुख बालीको रुपमा मकै, आलु, सिमी, फापर प्रयाप्त रुपमा पाईन्छन् । डोर वहादुर विष्टले डिल्लीचौर गा.वि.स को डोल्कानी स्थानमा कर्णाली इन्प्यिुट स्थापना गरी त्यहाँको वासिन्दाहरुको जिवन स्तरमा केहि परिवर्तन ल्याएको अवस्था छ ।


Last Updated : 2083-03-02 10:48:20

© All Rights Reserved to District Administration Office, Jumla .