परिचय 2075-09-17
जिल्लाको नामकरण
परापूर्व कालदेखि यस जिल्लाको सदरमुकाममा रहेको स्वामी दत्तात्रेय मूर्तिलाई डस्न/टोक्न दुईवटा अजिंगर (नाग) आउँदा भेट्टाउन नपाउँदै स्वामी दत्तात्रेयको शक्तिले ती दुवै नाग एकैचोटी भष्म भए। यसरी भष्म भएका ती नागहरू पछि जुम्ल्याहा पहाडको रूपमा देखिएकाले जुम्ल्याहा शब्दको अपभ्रंश हुँदै यस जिल्लाको नाम जुम्ला रहन गएको हो भन्ने जनश्रुती छ।
भौगोलिक अवस्थिति
- अक्षांश :- २८°५८' देखि २९°३०' उत्तरी अक्षांश
- देशान्तर :- ८१°१८' देखि ८२°१८' पूर्वी देशान्तर
- क्षेत्रफल :-२५३१ वर्ग कि.मी.
- औसत लम्वाइ :-
- औसत चौडाइ :-
- सीमाना :- पूर्व डोल्पा, पश्चिम कालिकोट, उत्तर मुगु र दक्षिण जाजरकोट
- भौगोलिक विभाजन :- हिमाल, पहाड र पहाडी तथा हिमाली उपत्यकाह
जुम्ला जिल्लाको परिचय :-
जुम्ला जिल्ला कर्णाली अञ्चलमा पर्दछ।खलङ्गा बजार कर्णाली अञ्चलको सदरमुकाम हुनुका साथै जुम्ला जिल्लाको पनि सदरमुकाम तथा यस क्षेत्रको शिक्षा, श्वास्थ्य तथा व्यापारिक केन्द्र पनि हो।
-
अञ्चल: कर्णाली अञ्चल सदरमुकाम: खलङ्गा, क्षेत्रफल: २,५३१ वर्ग कि.मि. जनसंख्या: गाविस संख्या: ३० नगरपालिका(हरू): संविधानसभा निर्वाचन क्षेत्र संख्या: १ भौगोलिक अवस्थिति: हिमाल सबै भन्दा अग्लो स्थान: मिटर सबै भन्दा होचो स्थान : मिटर प्रमुख जातिहरू: आदि प्रमुख भाषाहरू: नेपाली आदि मानव विकास सूचाङ्क स्थिति: (७५ जिल्लाहरू मध्ये) टेलिफोन कोड: ०८७ प्रमुख जिल्ला अधिकारी: -श्री दुर्गा बञ्जाडे प्रमुख नदी र ताल तलैयाहरू
तिला, हिमा, जुवा नदीहरू हुन् भने विष्णु ताल, हुड्के ताल, जोगीनी ताल, शङ्ख दह, ठाकुरज्यू दह, गिडी दह आदि प्रमुख ताल र दहहरू हुन्।
प्रमुख धार्मिक तथा पर्यटकीय स्थलहरू
श्री चन्दननाथ मन्दिर, श्री भैरवनाथ मन्दिर, श्री दरवार मन्दिर, श्री कनकासुन्दरी मन्दिर, श्री चिमरामालिका भगवती मन्दिर, श्री शिव मन्दिर, श्री ठाकुरज्यू मन्दिर, भण्डार वन, सिस्ने हिमाल, पातारासी हिमाल, रारा राष्ट्रिय निकुञ्ज खण्ड, सिंजाक्षेत्र, तातोपानी, गोठिचौर, बागबानि स्याउ तथा तरकारी फारम् , कणालि प्राबिधिक, हुड्के दह र पाण्डव गुफा यस जिल्लामा देखिएका धार्मिक ऐतिहासिक तथा पर्यटकीय स्थलहरू हुन्।
व्यापारिक महत्वका स्थानहरू
यस जिल्लाको मुख्य व्यापारिक केन्द्र जुम्ला-खलङ्गा बजार हो भने अन्य केही साना व्यापारिक केन्द्रहरू यसप्रकार छन् :- तलिउम, तातोपानी, नाग्मा, नराकोट, हाटिसंजा, उर्थु चौतारा, डिल्लीचौर, चौथा, मणिसांघुजुम्ला जिल्ला कर्णाली अञ्चलमा पर्दछ।खलङ्गा बजार कर्णाली अञ्चलको सदरमुकाम हुनुका साथै जुम्ला जिल्लाको पनि सदरमुकाम तथा यस क्षेत्रको शिक्षा, श्वास्थ्य तथा व्यापारिक केन्द्र पनि हो।
