मुद्दा फाँट 2075-12-04
कोठा नं. ७ (पुरानो भवन)
-
कार्यजिम्मेवारी
- श्रीमान् गृह सचिवज्यू र प्रमुख जिल्ला अधिकारीविच भएको कार्यसम्पादन सम्झौता अनुसार सम्पन्न गर्नुपर्ने कार्यहरु मध्ये आफ्नो शाखासंग सम्बन्धित क्रियाकलापहरु पहिचान गरी तोकिएको समयसीमा भित्र सम्पादन गर्न सहयोग गर्ने ।
- प्रमुख जिल्ला अधिकारी मुद्वा हेर्ने अधिकारीको रुपमा रहने अर्धन्यायिक कार्यहरुमा म्याद थप, वकपत्र, वयान, थुनछेक तथा फैसला सम्मका कार्यमा सहयोग गर्ने ।
- फैसला भइसकेका न्यायिक निर्णयहरु सम्पादन गर्न जिल्ला सरकारी वकिल कार्यालयसंग सम्पर्कमा रहने ।
- शा नेपाल सरकार गृह मन्त्रालय लगायत अन्य तालुक निकायबाट माग भइ आएका शाखासंग सम्बन्धित विवरणहरु तुरुन्तै पठाउने ।
- प्रमुख जिल्ला अधिकारी वा सहायक प्रमुख जिल्ला अधिकारीले तोकेअनुसारका अन्य कार्यहरु गर्ने ।
- खाबाट सम्पादित कार्यहरुको मासिक प्रगति विवरण कम्प्युटर अपरेटर अशोक चौधरीलाइ उपलब्ध गराउने
- शाखासंग सम्वन्धित कार्य गर्दा सेवाग्राहीहरुले वुझाउनुपर्ने राजश्व रकमलाइ वैक खातामा दाखिला गर्न लगाइ त्यसको मासिक विवरण लेखा शाखालाइ उपलव्ध गराउने ।
फाँट कर्मचारी विवरण
१. नामः रामकृष्ण पाण्डे पदः खरिदार सम्पर्कः ९८४८०९७७३२
