Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, जुम्ला

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, जुम्ला

शुक्रबार, जेष्ठ २९, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)।

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

राष्ट्रिय परिचयपत्र 2076-03-20

कोठा नं. ८


“ राष्ट्रिय परिचय पत्रको विवरण संकलन गर्ने कार्य, जिल्ला प्रशासन कार्यालयमा छुटै युनिट स्थापना गरी शुरू “

जुम्ला जिल्लामा मिति २०७६ असार २० गते बिहान ८ वजे राष्ट्रिय परिचय पत्रको विवरण संकलन गर्ने कार्य, जिल्ला प्रशासन कार्यालयमा छुटै युनिट स्थापना गरी शुरू भएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख लाल बहादुर सार्की र चन्दननाथ नगरपालिकाका प्रमुख कान्तिका सेजुवालको आवश्यक विवरण प्रवृस्ट गरी विवरण संकलन तथा नाम दर्ताको कार्य शुरूवात गरियो ।

नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७५।११।०३ को निर्णय अनुसार चालु आर्थिक वर्षको लागि छनौट भएका १५ जिल्ला मध्ये जुम्ला एक रहेको छ ।

# राष्ट्रिय परिचय पत्रको उद्देश्य:

क) एकीकृत राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीको विकास गर्ने ।
ख) नागरिकका वैयक्तिक ,जैविक विवरणको संकलन,भण्डारण र उपयोग गर्ने ।
ग) राष्ट्रिय परिचयपत्र व्यवस्थापन सुचना प्रणालीलाई राज्यबाट प्रवाह हुने सेवासँग आवद्ध गर्ने ।
घ) नागरिकहरूलार्इ बहुउपयोगी राष्ट्रिय परिचय नम्बर र राष्ट्रिय पहिचान सहितको बायोमेट्रिक स्मार्टकार्ड प्रदान गर्ने ।

#राष्ट्रिय परिचय पत्रको फाइदा तथा महत्व:

प्रत्येक नागरिक लाई एक पृथक नम्वर सहित आफ्ना वैयक्तिक एवंम जैविक सूचना सहितका विवरण भएको अत्याधुनिक प्रविधियुक्त चिप्स सहितको एक नागरिक एक पृथक परिचय नम्वर सहितको परिचय पत्र भएकोले यसको प्रभावकारी कार्यन्वयनबाट मूलुक एवंम नागरिकलार्इ निम्न फाइदा हुनेछ :

* नीतिगतः नेपालको संविधानको धारा १५ मा प्रत्येक नागरिकको परिचय खुल्ने अभिलेखका राख्ने तथा धारा ५१ मा एकिकृत राष्टिय परिचय पत्र व्यावस्चापन सुचना प्रणालि विकाश गर्न संवैधानिक कुरालार्इ व्यवहारमा प्रयोग गर्न ।
अन्य वजेट योजना सकारका निर्णय गृह प्रशासन सुधार मार्ग चित्र २०७४ (८४) वृदे

* प्रशासनिक: सार्वजनिक सेवा प्रवाहलार्इ E-Service संग आवद्दता गरी सुशासन कायम गर्न
विकासः विकास व्यवस्थापन र प्रतिफलको उपयोग गर्न । 
* आर्थिकः कर, गैरकर राजस्व व्यवस्थापन गर्न ।
* सुरक्षाः नागरिक पहिचान (स्वदेशी / विदेशी) 
* सूचना प्रविधि मैत्री सार्वजनिक सेवा प्रवाह गर्न 
* राज्यमा शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रण र अपराधिक पहिचान गरी कारवही प्रकृया अगाडी बढाउन। 
* राज्यबाट प्रदान गरीने सेवा (विद्युत, टेलीफोन, खाने पानी जस्ता नागरिकले प्रयोग गर्ने दैनिक उपभोग्य सेवा ( utility service) को भुक्तानी सहज र कार्य कार्यवोध र भिड नियन्त्रण गर्न ।
* विपद् र आपतकालीन घटनाको व्यवस्थापन र जोखिम न्यूनिकरणप्रतिकार्य संचालन र राहत व्यवस्थापन समेतमा सहज हुने ।

# राष्ट्रिय एकता र जनसेवाका लागि गृह प्रशासन विकास र समृद्दिको लागि शान्ति सुरक्षा र सुशासन कायम गर्न जुम्ला जिल्लामा यस अभियानलाई सफलता साथ संचालन गर्न यहाँहरू सबैको सहयोगको अपेक्षा गर्दछौ ।

                            फाँट कर्मचारी विवरण

१. नामः कृष्णमाया रोकाया        पदः क.अ.              सम्पर्कः  ९७४८३१७२७४

२. नामः हरिहर रावल              पदः का.स.              सम्पर्कः   ९८४८३४५९०२


Per Page :
Loading राष्ट्रिय परिचयपत्र ...
मिति राष्ट्रिय परिचयपत्र विवरण फाईलहरु एक्सन
2076-03-20 राष्ट्रिय परिचयपत्रकाे लागि दरखास्त फारम

2076-03-20
Loading राष्ट्रिय परिचयपत्र ...
पछिल्लो अपडेट गरिएको : 2083-02-27 16:02:56

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, जुम्ला .