Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, जुम्ला

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, जुम्ला

शुक्रबार, जेष्ठ २९, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)।

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

नागरिकता तथा प्रतिलिपी फाँट 2075-12-04

कोठा नं. ७


                                           कार्य जिम्मेवारी

  1. श्रीमान् गृह सचिवज्यू र प्रमुख जिल्ला अधिकारीविच भएको कार्यसम्पादन सम्झौता अनुसार सम्पन्न गर्नुपर्ने कार्यहरु मध्ये आफ्नो शाखासंग सम्बन्धित क्रियाकलापहरु पहिचान गरी तोकिएको समयसीमा भित्र सम्पादन गर्न सहयोग गर्ने ।
  2. नेपाली नागरिकता (नयाँ तथा प्रतिलिपी ) को लागि पेश हुन आएका अनुसुची फारमहरु रुजु गर्ने ।
  3. नागरिकता नियमावली २०६३ अनुसार नागरिकता प्राप्तिका लागि आवश्यक कागजात/प्रक्रिया पुरा भएमा सनाखत गराइ नेपाली नागरिकताको प्रमाणपत्र तयार गरी सहायक प्रमुख जिल्ला अधिकारी समक्ष पेश गर्ने । सहायक प्रमुख जिल्ला अधिकारी नभएको अवस्थामा प्रमुख जिल्ला अधिकारी समक्ष पेश गर्ने ।
  4. नागरिकता प्राप्तिका लागि पेश भएका कागजातहरु शंकास्पद देखिएमा प्रहरी सर्जिमनका लागि  जिल्ला प्रहरी कार्यालयमा पत्राचार गर्ने ।
  5. नागरिकता  वितरणको अभिलेख अद्यावधिक गर्ने ।
  6. कम्प्युटर प्रविष्टी(Computer Entry) हुन वाँकी रहेका पुराना नागरिकताहरुको विवरण CMIS मा प्रविष्टि गर्ने ।
  7. नागरिकता सम्बन्धमा विभिन्न जिल्ला प्रशासन कार्यालयबाट माग भएका अभिलेखहरु तयार गरी यथासिघ्र उपलब्ध गराउने ।
  8.  नाम,थर वा उमेर आदि प्रमाणित गर्ने कार्यमा सहयोग गर्ने ।
  9. नेपाली नागरिकता र शैक्षिक प्रमाणपत्रमा जन्ममिति फरक परेमा गर्नुपर्ने सिफारिसका लागि पत्राचार गर्ने ।
  10. नावालक परिचय पत्र तथा उमेर प्रमाणित  सम्बन्धि कार्य गर्ने ।
  11. संकलित अनुसुची फारमहरुलाइ बाइन्डिङ गरी व्यवस्थित रुपमा फाइलिङ गर्ने,गराउने ।
  12. नागरिकता अनुसुची फारमहरुलाइ Catalog Filing गर्ने,गराउने ।
  13. नागरिकता वितरण सम्बन्धि तथ्याँकहरुलाइ  समय समयमा विश्लेषण गरी प्रमुख जिल्ला अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी समक्ष पेश गर्ने ।
  14. एकिकृत घुम्ति सेवा शिविर सञ्चालन गर्नुपर्ने अवस्थामा स्थलगत रुपमा नयाँ तथा प्रतिलिपी नागरिकता वितरणका लागि आवश्यक पर्ने सबै प्रवन्ध मिलाउने ।
  15. फोटो सहितको मतदाता नामावली संकलनका लागि जिल्ला निर्वाचन कार्यालयबाट खटिएको कर्मचारी संग समन्वय गरी उक्त कार्यमा सहजीकरण गर्ने ।
  16. शाखाबाट सम्पादित कार्यहरुको मासिक प्रगति विवरण तयार गरी प्रत्येक महिनाको मसान्तमा  कम्प्युटर अपरेटर अशोक चौधरीलाइ उपलब्ध गराउने ।
  17. नेपाल सरकार गृह मन्त्रालय लगायत अन्य तालुक निकायबाट माग भइ आएका शाखासंग सम्बन्धित विवरणहरु तुरुन्तै पठाउने ।
  18. प्रमुख जिल्ला अधिकारी वा सहायक प्रमुख जिल्ला अधिकारीले तोकेअनुसारका अन्य कार्यहरु गर्ने

                 फाँट कर्मचारी विवरण

१. नामः दिपक सुनार            पदः ना.सु.           सम्पर्कः  ९७४५२१७४३६

२. नामः गोविचन्द्र रावल        पदः खरिदार        सम्पर्कः   ९८६८०७२०१४

३. नामः जनक बहादुर सिंह    पदः क.अ.          सम्पर्कः    ९७६५७७२२१५


पछिल्लो अपडेट गरिएको : 2083-02-27 16:02:56

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, जुम्ला .