2076-10-23
2076-10-23
जुम्लामा सवारी चल्न थालेको करिब १३ वर्ष भयो । तर यहाँका नागरिकको चेतनास्तर दशकै बितेपनि ट्रफिक नियम पालाना गर्ने सबालमा उस्तै देखिन्छ । कतिपय अबस्थामा बाटो काट्न नजानेकै कारण सवारी दुर्घटना हुने गरेको छ । सवारी गुड्ने सडकमा बिस्कुन सुकाउने, फुटपात व्यापार गर्ने, पशुचौपाय छाडा छोड्ने, बाटो काट्न नजान्ने, भर लगाउँदा ढुंगामाटो गिटी, बालुवा सडककै बीचमा राख्ने लगायत विभित कारणले गर्दा कर्णाली दिनदिनै दुर्घटनाको जोखिम बढ्दै गएको छ ।