Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, जुम्ला

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, जुम्ला

बिहीबार, असार ११, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

“जुम्ला,जिल्ला स्थित संघ र कर्णाली प्रदेश सरकार अन्तर्गत रहेका ३५ वटा कार्यालयको आकस्मिक अनुगमन सम्वन्धमा “

2076-10-22

2076-10-22


आज मिति २०७६ माघ २१ गते विहान १० वजे देखि ११ वजेको समयमा जुम्ला,जिल्ला स्थित संघ र कर्णाली प्रदेश सरकार अन्तर्गत रहेका जम्मा ३५ वटा कार्यालयमा जिल्ला प्रशासन कार्यालयका स.प्र.जि.अ श्री ऒम प्रकाश देवकोटाको नेतृत्वमा चार वटा समूह बनाई एकै पटक आकस्मिक अनुगमन गरियो ।

अनुगमनको क्रममा १२ कार्यालयका कार्यालय प्रमुखहरू हाजिर रजिष्टरमा अनुपस्थित, ४ कार्यालयका कार्यालय प्रमुखहरू कामको सिलसिलमा जिल्ला बाहिर रहेको र १९ कार्यालयका कार्यालय प्रमुखहरू उपस्थित रहेको पाईयो ।

अनुगमनको क्रममा कतिपय कार्यालय प्रमुखले आफ्नो तालुक निकायबाट अनुमति लिई जिल्ला प्रशासन कार्यालयमा जानकारीको पत्र समेत पठाएको तर आफ्नो हाजिर रजिष्ट्ररमा नजनाएकोले अनुपस्थित कार्यालय प्रमुखको संख्या घटन सक्ने देखिन्छ ।
आज गरिएको अनुगमनमा कार्यालय प्रमुख सहित जम्मा १३४ जना कर्मचारीहरू हाजिर रजिष्टर अनुसार अनुपस्थित रहेको पाईयो।

नोट #प्रदेश स्तरका कार्यालयको कार्य स्थल जुम्ला ज़िल्ला लगाएत अन्य जिल्लामा समेत रहेकोले कर्मचारी अन्य जिल्लामा फिल्डमा खटिएको हुन सक्ने अनुमान रहेको छ ।
श्रोत- ३५ वटा कार्यालयका हाजिर रजिष्टर

 

पछिल्लो अपडेट गरिएको : 2083-03-07 12:43:08

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, जुम्ला .