Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, जुम्ला

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, जुम्ला

न्यून व्यान्डविथ Invert Color A- A A+

माध्यमिक शिक्षा परिक्षा (SEE)काे रिपाेर्टिङ सम्बन्धमा

2075-12-09

2075-12-09


         सूचना !                                         सूचना !!                                                       सूचना !!!

नेपाल पत्रकार महासंघ, जुम्ला शाखाबाट मिति २०७५।१२।०८ गते प्राप्त भएकाे पत्रानुसार यस जिल्लाबाट माध्यमिक शिक्षा परिक्षा (SEE)काे रिपाेर्टिङ गर्नका लागि जम्मा १५ जना पत्रकारहरूकाे नामावली सहित विवरण प्राप्त भएकाेले साेही अनुरूप यस कार्यालयबाट रिपाेरर्टिङ पास तयार भै सकेकाे छ ।

अाज शनिवार सार्वजिनक विदाकाे दिन भए पनि रिपाेर्टिङ पासकाे लागि जिल्ला प्रशासन कार्यालय, जुम्ला खुल्ला भएकाे व्यहाेरा अवगत गराउदै अाफ्नाे २ प्रति फाेटाे र परिचय पत्रकाे छाया कपि सहित यस कार्यालयका सहायक प्रमख जिल्ला अधिकारी / सूचना अधिकारी श्री देवेन्द्र प्रसाद श्रेष्ठ (९८५८३२०३८०) संग सम्पर्क गरी पास लिनुहुन अनुराेध छ ।

अन्य काेही छुटेकाे भए पत्रकार महासंघ, जुम्लाकाे सिफारीस सहित यस कार्यालयमा सम्पर्क राख्नुहुन समेत अनुराेध छ ।

दुर्गा बञ्जाडे 
प्रमुख जिल्ला अधिकारी 
जिल्ला प्रशासन कार्यालय, जुम्ला ।

 

पछिल्लो अपडेट गरिएको : 2083-01-15 12:58:34

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, जुम्ला .