2076-10-23
2076-10-23
सूचना प्रकाशन मितिः २०७६।१०।२३
सबै नेपाली नागरिकहरुलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने कार्यक्रम अन्तर्गत घुम्ती सेवा सञ्चालनमार्फत नागरिकका विवरणहरु सङ्कलन गर्ने कार्यका लागि जुम्ला जिल्लामा कार्य गर्ने गरी विवरण दर्ता अपरेटर खुला प्रतिस्पर्धाद्वारा करारमा भर्ना गर्नुपर्ने भएकाले देहाय बमोजिमका योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुबाट मिति २०७६।११।०८ गते भित्र जिल्ला प्रशासन कार्यालय जुम्लामा रु. १०।- को टिकट टाँसी दरखास्त फाराम भरी पेश गर्न दरखास्त आह्वान गरिएको छ । दरखास्त पेश गर्ने अन्तिम दिन सार्वजनिक विदा पर्न गएमा सो पछि कार्यालय खुलेको पहिलो दिनको कार्यालय समयमा दरखास्त बुझाउनु पर्नेछ ।
|
जिल्ला |
आवश्यक संख्या |
लिखित परीक्षा मिति |
परीक्षाकेन्द्र |
|
जुम्ला |
३० |
२०७६।१२।०१ गते दिनको १:०० बजे |
जिल्ला प्रशासन कार्यालय जुम्लाले तोकेको स्थान |
| फाईलको नाम | डोउनलोड |
|---|---|
| राष्ट्रिय परिचयपत्रको जनशक्ति भर्ना सम्बन्धी दरखास्त फाराम | |
| छनौट सम्बन्धी आधारहरु र पाठ्यक्रम - (राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता अपरेटर ) |