Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, जुम्ला

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, जुम्ला

बिहीबार, असार ११, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

सेवाग्राही महानुभावहरुमा जरुरी सूचना

2075-12-03

2075-12-03


१. जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने कुनै पनि सेवा बापत सेवाग्राहीले कुनै अतिरिक्त शुल्क तिर्नु पर्दैन ।

२. जिल्ला प्रशासन कार्यालयको कामको लागि भनी कोही कसैलाई चिन्न भनसुन गराउन वा सोर्स लगाउनु पर्दैन ।

३. जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरुसँग राम्रो सम्बन्ध छ भनी हामी काम मिलाई दिन्छु भन्दै बिचौलियाको काम गर्ने व्यक्तिहरुको विश्वास नगर्नुहोस । यदि कसैले त्यस्तो गरेको थाहा पाएमा कार्यालयका अधिकृतहरुलाई सूचना दिनुहोस ।

४‍. कामसँग सम्बन्धित कागजपत्रहरु असम्बन्धित व्यक्तिहरुलाई नदिनुहोस ।

५. जिल्ला प्रशासन कार्यालयका कर्मचारी कानुन बमोजिम तपाईको सेवा गर्न हरदम प्रयत्नशील छन् । तपाईको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो ।

६. स्थानीय तह वा अन्य निकायबाट प्रक्रिया पुरा गरी सिफारिस भई आएको वा लेखी आएको काममा थप निवेदन लेखी रहनु पर्दैन ।

७. ज्येष्ठ नागरिक, अपाङ्ग, अशक्त र विपन्नहरुको लागि प्राथमिकताका साथ सेवा उपलब्ध हुन्छ । त्यसका लागि सहायता कक्ष (Help Desk) मा सम्पर्क राख्नुहोस ।

८. सहायता कक्ष (Help Desk) का कर्मचारीहरु तपाईको काममा सहजीकरण गर्न तत्पर छन् । 

९. कार्यालयसँग सम्वन्धी थप जानकारी आवश्यक परेमा र यस कार्यालयको विभिन्न गतिविधि, सूचना तथा समाचार समेतकाे जानकारी वा कुनै पनि प्रकारको गुनासोहरुका लागी यस कार्यालयको वेभसाइट daojumla.moha.gov.np वा Facebook page https://www.facebook.com/daojumlaa मा गई हेर्न सक्नुहुनेछ ।

पछिल्लो अपडेट गरिएको : 2083-03-07 12:43:08

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, जुम्ला .