Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, जुम्ला

खलङ्गा बजार

नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, जुम्ला

खलङ्गा बजार

७६ वर्षीय वृद्धालाई नयाँ नागरिकता प्रमाणपत्र वितरण

2075-09-17

2075-09-17


जिल्ला प्रशासन कार्यालय, सुर्खेतको समन्वय तथा चौकुने गाउँपालिकाको आयोजनामा संचालित २ दिने एकीकृत घुम्ती सेवा शिविरमा ७६ वर्षीय थिउरी कामीलाई प्रशासकीय अधिकृत उत्तम शर्माले नेपाली नागरिकता प्रमाणपत्र प्रदान गर्नु भएको थियो । अपाङ्ग, अविवाहित र दाजुको संरक्षणमा रहेकी थिउरी कामीले नेपाली नागरिकता प्रमाणपत्र पाएपछि निकै खुसी भएकी थिइन । उक्त शिविरबाट एकै घरका बाबु धर्मसिंह बुढाक्षेत्री र छोरा जुगल बुढाक्षेत्री समेतले एकै दिन नेपाली नागरिकता प्रमाणपत्र प्राप्त गरेका थिए । २ दिन सम्म संचालित उक्त शिविरबाट सदरमुकाम सम्म आउन नसक्ने अवस्थाका अन्य ४ जनाले नागरिकता प्रमाणपत्र प्राप्त गरेका थिए साथै १०० महिला र ९९ पुरुष गरी कुल १९९ जनाले नयाँ नेपाली नागरिकता प्रमाणपत्र वितरण गरिएको थियो ।